2026-10-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : ह्वाइट हर्स इन्टर्नेशनलले प्रकाशन गरेको डिमाण्डमा विभागको ध्यानाकर्षण

असोज १४, काठमाडौँ | मलेसियाको रोजगारी खुलेसंगे कामदार आपूर्ति प्रकृयामा चलखेल शुरु भएको श्रमिकहरुले बताएका छन् । मलेसियाको डिमाण्ड नआउँदै एजेन्टहरु सक्रिय भएर कामदारलाई अनावश्यक आर्थिक भार थप्न क्रियाशील भएका श्रमिमहरुले बताएका छन् ।

नेपाल र मलेसिया विच भएको श्रम समझदारी अनुरुप शुन्य लागत कार्यन्वयन चरण शुरु भएको छ तर यसलाई नै असफल बनाउन एजेन्ट देखि म्यानपावर कम्पनीहरु सम्म क्रियाशील भएका उनीहरुले बताएका छन्।    

दुई देशवीच भएको समझदारी अनुसार श्रमिकको करार अवधि २ वर्ष कायम गरिएको छ।  ह्वाइट हर्स इन्टर्नेशनल प्रा. लिले २०७४ चैत्र १३ गते बैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालयबाट मलेसियाको डिमाण्डको पुर्व स्वीकृति लिएको थियो । सोहि डिमाण्डको पुन: २०७६ असोज १२ गते स्वीकृति लिएर एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरेको विज्ञापनमा करार अवधि २वर्ष नै कायम गरिएको छ। 

साथै म्यानपावर कम्पनीले प्रकाशन गरेको डिमाण्डमा टेलिफोन नलाग्ने नम्बरहरु राखिएका छन् । उपलब्ध नम्बरहरुमा सम्पर्क नभएका कारण कामदारहरुले एजेन्ट मार्फत कारोबार गर्नको लागि त्यसो गरीएको भन्दै साझा सबाल मार्फत बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएका छन् । यसबारे साझा सबालले विभागको वेब साइडमा ह्वाइट हर्स म्यानपावरको नाममा राखिएका नम्बरहरुमा सम्पर्क गर्न खोज्दा कुनै पनि नम्बरमा सम्पर्क हुन सकेन। 

बैदेशिक रोजगार विभागले यस घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ। विभागका निर्देशक भोलानाथ गुरागाईले कुनै पनि म्यानपावर कम्पनीले ३ वर्ष करार अवधि राखेर विज्ञापन प्रकाशन तथा डिमाण्डको पुन स्वीकृति लिन नपाउने बताए। मलेसियन दुतावासले पनि यसअघि डिमाण्ड ल्याएका कम्पनीले पुन: स्वीकृति लिनुपर्ने नोटिस जारि गरिसकेकोले सबै म्यानपावर कम्पनीले सोहि अनुरुप कार्य गर्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु