पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ३, काठमाडौं |</b> सेयर बजार परिसूचक नेप्से १३०० बाट ओरालो लागेको छ | माघ दोस्रो साता १३०० को विन्दु पार गरेको नेप्से फागुन १५ गते १६३२ को विन्दुसम्म पुगेको थियो । त्यसपछि लगातार ओरालो लागेको नेप्से आज १३०० को विन्दुबाट तल झरेको छ |<br></p><p>साताको दोस्रो दिन सोमबार नेप्से कारोबार सुरु भएदेखि नै ओरालो लागेको छ । ११ बजेबाट कारोबार सुरु भएकोमा ११ बजेर २८ मिनेट जाँदा नेप्से २०.४५ अंकले घटेर १२९२.५९ अंकमा झरेको छ | २८ मिनेटमा २१ करोड ८९ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ |</p><p>साताको पहिलो दिन आइतबारबाट नेप्सेले परीक्षणका लागि सेयर कारोबार समय ५ घण्टा बनाएको छ |</p>

