Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

२०७७, १७ असार बुधबार १४:२६

असार १७, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । 

“कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,” अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसङ्घले घोर भत्र्सना गरेको छ । 

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व भुलेको भन्दै यसको विरुद्धमा जनता सडकमा आउनुपर्ने स्थिति सिर्जना हुँदै गएको बताउनुभयो । सरकारले जनतालाई पीडा दिने दिशातर्फ उन्मुख भए नेविसङ्घले कडा आन्दोलन गर्ने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै