Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नबिल बैंकको स्क्यान एन्ड वीड्र सेवा शुरु, चेकबिनै १ लाखसम्म नगद झिक्न सकिने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौँ । ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ ।

मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाखसम्मको रकम झिक्न सक्नेछन् । हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सेवा सेवालाई क्रमशः देशभरिका शाखाहरुमा उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।

नयाँ सेवाको सुरुआतसंगै नबिल बैंकका ग्राहकले चेक/एटिएम कार्ड बोक्न बिर्सिएमा पनि  मोबाइल बैंकिङ्ग एपमा लग–इन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।  स्क्यान एन्ड वीड्रमार्पmत ग्राहकले सहज र छिटो सेवा  प्राप्त गर्ने पनि बैंकले अपेक्षा गरेको छ ।