Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुपर आँखुखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ९, काठमाडौं । गोरक्ष हाइड्रोपावर प्रालिद्वारा प्रवद्र्धित २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत ४ अर्ब ५६ करोडको ७५ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लिको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले कम्पनीसँग ऋण लगानी सम्झौता भएको छ ।

प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी सञ्चय कोषले  ८५ करोड र कृषि विकास बैंकबाट ७५ करोड ऋण लगानी गर्ने गरी सम्झौता भएको हो  । कुल लागतको २५ प्रतिशत १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पुँजीमार्फत जुटाउनेछ ।

ऋण सम्झौतामा लिड बैंकका तर्फबाट प्रमुख बिजनेस अधिकृत रेणुप्रसाद पाण्डे, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम र कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रालिका तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा २५.४ मेगाबाट क्षमताको आयोजनाको निर्माण कार्य अगाडि बढाइरहेको छ । कम्पनीले सो आयोजना डिसेम्बर २०२३ (पौष २०८०) भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९९.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग टेक अर पे आधारमा विद्युत् खरिद बिक्री सम्झौता पीपीए गरिसकेको छ । हाइड्रोपावरमा जर्मनी र अमेरिकालगायत प्रवासमा रहेका नेपालीको समेत लगानी रहेको छ । मुख्यगरी ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड यो आयोजनामा प्रवर्द्धक रहेको छ । ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी संयुक्त अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीको लगानीमा स्थापना गरिएको संस्था हो ।