२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपद् व्यवस्थापन कोषमा महासङ्घको सहयोग

२०७७, १६ आश्विन शुक्रबार ०४:४२

असोज १६, काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको होे । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव–वन्यजन्तुबीचको द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।

“विशेषगरी चितुवाको आक्रमणबाट मानिस घाइते हुने, घरपालुवा पशुपन्क्षीको हानी नोक्सानी, मृग, बँदेल, दुम्सी, भालु तथा बाँदरबाट अन्नबालीको क्षति हुनु द्वन्द्वको मुख्य कारण हो”, उहाँले भन्नुभयो । वन्यजन्तुले पुर्याएका क्षतिका कारण स्थानीय समुदायमा वन्यजन्तुप्रति नकारात्मक सोचको विकास भई बदलाको भाव पैदा भएको उहाँको भनाइ छ ।

वन्यजन्तुले पुर्याएको क्षति व्यवस्थापनका लागि भन्दै सो रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तु व्यवस्थापनका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाइएको र उक्त कार्यविधिको कार्यान्वयन शनिबारबाट हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कास्की र तनहँुमा विगत पाँच वर्षदेखि फेकोफनको नेतृत्वमा यससम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै