जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार ५४६ जना जनाले पाएनन् सेयर

साझासवाल

असोज २०, काठमाडौँ । जनरल इन्स्योरेन्सको आईपीओ (साधारण सेयर) बाँडफाँड भएको छ । २ लाख ७३ हजार जनाले १० कित्ताका दरले उक्त कम्पनीको सेयर पाएका छन् ।

आवेदन दिएका बाँकी ५ लाख २१ हजार ५४६ जना आवेदक जनरलको सेयर पाउनबाट बन्चित भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

जनरलको आईपीओमा ७ लाख ९६ हजार ७३४ जना आवेदकले २ करोड १४ लाख ५९ हजार ३७० कित्तामा आवेदन दिएका थिए । आवेदन दिने मध्ये २ हजार १८८ जनाको ४८ हजार ६४० कित्ता सेयरको रद्द भएको छ ।

रद्ध भएर बाँकी रहेको ७ लाख ९४ हजार ५४६ आवेदनमा गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ७० हजारले मात्रै सेयर पाएका हुन् ।

Leave a Comment

Leave a Reply