२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको आकाशमा उड्न थाले पर्यटक

२०७७, २० आश्विन मंगलवार ११:५८

असोज २०, कास्की | लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । 

साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् । 

केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गर्नुभएका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताउनुभयो । “मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजीकबाट प्रकृतिको स्वच्छ अवलोकनले मलाई निकै ‘फ्रेस’ बनायो ।” उहाँले सन् २०१२ का सिएनएन हिरो लाक्पा छिरीसँग उड्न पाउँदा पनि छुट्टै आनन्द लागेको अनुभव सुनाउनुभयो । “लामो समयको बन्दाबन्दी र सधँै एउटै दिनचर्याबाट केही टाढा लाक्पा जीसँगको आकाशको सफर मेरो लागि सदा स्मरणीय रहनेछ”, गौतमले भन्नुभयो । 

पोखराको प्रतिभा उच्च माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीया रोजमेरी ढुङ्गानाले पनि जीवनमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ उडानले निकै रोमाञ्चक बनाएको बताउनुभयो । “कोभिड–१९ का कारण घरमै बस्नुपर्दा निकै दिक्क लागेको थियो । लामो समय भयो कहीँ कतै घुम्न जान पाएको थिएन, यहीबीच प्याराग्लाइडिङ खुलेसँगै आकाशमा उड्न पाएँ, शुरुमा त निकै डर लागेको थियो पछि बिस्तारै चरा जस्तै बनेर फेवाताल र वरिपरिको सुन्दर दृश्यको मज्जा लिन थालेँ, जमीनमा झर्न नपरे हुन्थ्योजस्तो लागेको थियो ।” उहाँले जीवनको पहिलो साहसिक खेलको अनुभव सुनाउँदै अब अन्य साहसिक खेल खेल्न पनि आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो ।

पोखराको आकाशमा ११ वर्षदेखि उडान गर्दै आउनुभएका प्यारापाइलट दुर्योधन खड्का कोभिड–१९ पछि शुरु भएको व्यावसायिक उडानले केही आशा जगाएको बताउनुभयो । “अघिल्लो वर्ष पोखराका सराङकोटबाट चारपाँच सय उडान हुन्थ्यो, यो मौसम प्यारापाइलटहरुका लागि साँच्चै दशैँ हो तर अहिले मुस्किलले फाट्टफुट्ट पर्यटक देख्दा पनि खुशी हुनुपरेको छ, अहिले संस्थाले सहुलियत प्याकेजमा उडान गरेको जनाउँदै यो अवसरको फाइदा लिन पनि साहसिक खेल पारखीहरुलाई आग्रह गर्नुभयो । 

पोखरामा  लामो समय बन्द रहेको प्याराग्लाइडिङ असोज १५ देखि व्यावसायिक उडान शुरु भएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । “अघिपछि यो मौसममा आकाशभरि प्याराग्लाइडिङ उडानले छपक्कै हुन्थ्यो, हेर्दा पनि निकै आनन्द लाग्थ्यो, तर अहिले आन्तरिक केही पर्यटकमात्र उडेका छन् । लामो समयपछि शुरु भएको व्यावसायिक उडान केही आशा भने जगाएको छ”, भण्डारीले भन्नुभयो । 

पोखरा र आसपासबाट साहसिक खेलमा रुचि राख्नेहरु प्याराग्लाइडिङका लागि पोखरा आउन थालेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान  गरिएको छ ।  पहिले सात हजार ५०० मा हुने उडान अहिले चार हजार ५०० देखि पाँच हजार सम्ममा पोखराको आकाशमा उड्न पाइनेछ । उहाँले यसअघि दैनिक करीब पाँच उडान हुने गरेको र बन्दाबन्दीपछि दैनिक एक सयदेखि १५० उडान हुन थालेको जानकारी दिनुभयो । पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३५० जना प्यारापाइलट छन् भने करीब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै