कक्षा १२ को नतिजा सार्वजनिक

Sajha Sabal
1 Min Read

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ। बोर्डका अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।

जसमा ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना छन्। ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना छन्। २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना छन्। त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ छ। २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना छ।

यसपटक जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्।