प्रतिनिधिसभाको बैठक सुरू

Sajha Sabal
0 Min Read

काठमाडौँ | प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक २०८४ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

मन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी बैठकमा विभिन्न अध्यादेशलाई स्वीकृत तथा निर्णयार्थ प्रस्तुत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Share This Article