इलाममा उपनिर्वाचनको मिति तय नहुँदै दलहरुको दौडधुप, एमालेले सुहाङलाई टिकट देला ?

Posted on: 06 Oct, 2023

असोज १९, इलाम | इलाम  निर्वाचन  क्षेत्र  नं.  २  का  प्रतिनिधि  सभाका  सदस्य  सुवासचन्द्र  नेम्वाङको  निधनपछि  उपनिर्वाचनको  मिति  तय  नहुँदै  राजनीतिक  दलका  नेताको दौडधुप सुरु भएको छ । प्रतिनिधि सभा सदस्य नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचनको मिति तय नभए पनि टिकटका लागि दलका नेताको दौडधुप सुरु भएको हो ।


उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), स्वतन्त्र पार्टी र माओवादी केन्द्रलगायतका दलबाट उम्मेदवारीका  लागि  दलका  नेताको  दौडधुप  सुरु  भएसँगै उक्त निर्वाचन क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ ।

 २०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्वाङपुत्र सुहाङ नेम्वाङको नाम नेकपा (एमाले) बाट चर्चामा छ । राजनीतिमा त्यति सक्रीय नभए पनि बाबुकै  बिँडो  थामेर  अधिवक्ता  बनेका  सुहाङ  उत्तराधिकारी बन्न सक्ने अनुमान गर्न थालिएको छ । बुवाको निधनपछि इलाम आएका सुहाङले पार्टीले अवसर  दिए  बुवाले  गर्न  बाँकी  काम  आफूले  पूरा  गर्ने  जनाउ  दिइसको छन्  ।

 एमाले इलामका उपाध्यक्ष उदय राईसहित एमाले नेताहरू गणेश बराल, बुद्धि खनाल, उमेश गुरुङ, रवीन्द्र सुवेदी र डा. देवी क्षेत्री दुलालको नाम पनि चर्चामा छ । गोरखापत्रमा खबर छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!