इलाम २ उपनिर्वाचन: सुहाङसहित एमालेका ६ जना आकांक्षीले दिए निवेदन

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | इलामको २ नम्बर निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन् ।

एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार (आज)साँझसम्मको समयसीमा दिएको छ । हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी दिए ।


उनका अनुसार निवेदन दिनेहरुमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा  सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।

सुवेदी जिल्ला उपसचिव हुन् । खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा एमालेको इलाम २ नम्बर क्षेत्रीय सभापति पनि हुन् । देवी क्षेत्री दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोशी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई भने नेकपा कार्यकालको समयका केन्द्रीय सदस्य बनेका थिए ।

गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!