इलाम २ मा उपनिर्वाचन: सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

Posted on: 24 Mar, 2024

चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  


रिक्त प्रतिनिधिसभाको इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!