Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यस्तो छ भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा कार्यक्रमहरु

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १२, काठमाडौं | भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणका क्रममा मुखर्जीको व्यस्त तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति मुखर्जी विशेष विमानबाट १७ कात्तिक बिहान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी १९ कात्तिक साँझ ५ बजे दिल्ली प्रस्थान गर्नेछन् । मुखर्जी र उनीसँग आउने भारतीय उच्च अधिकारीलाई होटेल हायात बौद्धमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जीसँग भारतीय मन्त्री, सांसदसहितका उच्च पदाधिकारी आउँदै छन् ।

आएकै दिन राष्ट्रपतिसँग भेटवार्ता र रात्रिभोज

मुखर्जी काठमाडौं अवतरण भएलगत्तै शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता तय भएको छ । ‘१७ गते नै राष्ट्रपतिसँग भेटवार्ता हुनेछ, त्यही साँझ होटेल सोल्टीमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । मुखर्जीसँग १८ कात्तिकमा प्रधानमन्त्रीसहित सबै मुख्य दलका शीर्ष नेताले होटेल हायातमै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

मुखर्जीको व्यस्त तालिका

१७ कात्तिक : भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । साँझ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । मुखर्जी बस्ने व्यवस्था होटेल हायातमा गरिएको छ ।

१८ कात्तिक : राष्ट्रपति मुखर्जी काठमाडौंमा हुने दुई कार्यक्रममा सहभागी हुनेछन् । त्रिभुवन विश्वविद्यालयले एक कार्यक्रमबीच उनलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ । त्यही दिन बेलुका प्रमुख दलका शीर्ष नेताहरूले होटेल हायातमै मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

१९ कात्तिक : तेस्रो दिन बिहान १० बजेतिर राष्ट्रपति मुखर्जी जनकपुर जाने कार्यक्रम छ । त्यहाँ उनको अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाट उनी पोखरा लाग्नेछन् । त्यहाँमा उनले भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्नुका साथै फेवाताल घुम्नेछन् । पोखराबाट काठमाडौं फर्केर उनी साँझ ५ बजे दिल्ली फर्किने कार्यक्रम छ । – नयाँ पत्रिका