ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सेंको पासपोर्टमा मेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सेंको पासपोर्टमा मेर"/>
2026-06-20 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली पासपोर्टमा लण्डन जाँदा पक्राउ परेँः माओवादी नेता सिपी गजुरेल

कात्तिक १३, काठमाडौं | घटना ६२/६३ को आन्दोलन अघिकै हो जति खेर माओवादी जनयुद्धमै थियो ।

ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सेंको पासपोर्टमा मेरो फोटो टाँसियो । पासपोर्टमा अरू सबै ठीकठाक देखिए पनि एउटा सानो समस्या थियो । मेरो फोटोको एकापट्टि कुनामा अलिकति खुम्चिएछ । तैपनि, त्यसैलाई प्रयोग गरेर म युरोप जाने भन्ने भयो । सन् २००३ को सेप्टेम्बरमा पार्टी निर्णयअनुसार म युरोप जान तयार भएँ । 

तर, यस विषयमा पार्टीभित्र र बाहिर पनि त्यत्ति छलफल गरिनु उपयुक्त हुँदैनथ्यो । पार्टीभित्र अध्यक्ष प्रचण्ड र हाल प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र रिमबाट जसले मलाई पासपोर्टमा सहयोग गर्नुभएको थियो, तीनजनालाई मात्र जानकारी थियो । सुरक्षाका दृष्टिले पनि यस विषयमा धेरैसँग छलफल गरिनु उपयुक्त हुँदैनथ्यो ।

पासपोर्टमा मेरो फोटा टाँसी तयार भएर आएपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रिक्स पनि हुनसक्छ, के गर्ने ?’ मैले भने, ‘रिक्स मोल्नै पर्छ, मोल्ने ।’ त्यसपछि म जान तयार भएँ । नीतिगत रूपमा युरोप पार्टीको प्रचारका लागि जाने भन्ने भएको थियो । यो विषय कमरेड किरण (मोहन वैद्य)लाई पनि जानकारी थियो । तर, कहिले कसरी जाने भन्नेबारे भने उहाँलाई पनि जानकारी गराइएको थिएन । विषयको संवेदनशीलतालाई मध्यनजर गरी अन्य नेतालाई पत्तोसम्म दिइएको थिएन ।

अब टिकटका लागि पहल भयो । टिकट ‘कन्फर्म’ भयो । फ्लाइटअघि विमानस्थलमा हुने सबैजसो ‘चेकजाँच’ भइसकेको थियो । ‘ब्यागेज’ जाँच हुँदासम्म केही समस्या आएको थिएन । तर, अन्तिममा इमिग्रेसन चेकअप हुँदा उसले जहाँ फोटो खुम्चिएको थियो, त्यहीँ हे-यो । उसले मेरो नाम के हो ? जान लागेको देशको कुन ठाउँ हो ? आदि इत्यादि सबै सोध्यो ।

‘जसको पासपोर्ट म प्रयोग गर्दै थिएँ, त्यहाँ भएका सबै विवरण सबै कन्ठै गरेर गएको थिएँ, फररर भनेँ । लन्डनको ठाउँ पनि कन्ठै थियो । हस्ताक्षर गर्न लगायो, मैले धेरैपटक प्रयास गरेर दुरुस्तै गर्ने भइसकेको थिएँ । त्यहीअनुसार नै गरेँ । मलाई सोध्दा उनीहरू स्वयं दुविधामा परिरहेका देखिन्थे ।

उसले शंका गर्न थाल्यो भन्ने मलाई परिरहेकै थियो । उनीहरूले अनेक खालका प्रश्न तेस्र्याउन थाले । मैले नअड्कीकनै सबै बताइरहेँ । त्यहीवेला एकजना ब्रिटिस महिला आइन् । उनका श्रीमान् ब्रिटिस हाई कमिसनमा काम गर्दा रहेछन् । उनका श्रीमान् लन्डन जाँदै रहेछन् । तिनी भिआइपी भएकाले उनलाई माथिसम्म जान दिएका रहेछन् । उनी आफ्ना श्रीमान्लाई छाड्न भनेर माथि पुगेर फर्केर आउँदै रहिछन् । मलाई केराकार गरिरहेकाहरूले ‘म्याडम ! अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’ भन्दै बोलाए । उनले भनिन्, ‘किन नसक्नु ?’

त्यसपछि मलाई केरकार गरिरहेकाहरूले ‘उहासँग ब्रिटिस पासपोर्ट छ, तर पासपोर्टमा प्रयोग गरिएको उहाँको फोटोमा अलिकति समस्या देखिएको छ । यस विषयमा खोजीनीति गरेर हामीलाई सहयोग गरिदिनुहोस् न ।’

उनले पनि खुसी हुँदै भनिन्, ‘हुन्छ, म सहयोग गर्छु ।’ त्यसपछि ती महिला मसँग बयान लिन थालिन् । उनले पनि तिनै प्रश्न गर्न थालिन्, जुन पासपोर्टमा लेखिएको थियो । मैले पहिले दिएअनुसारकै जवाफ दिइरहेको थिएँ । – आजको नयाँ पत्रिकामा सिपी गजुरेलको स्टोरी छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ