Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारतमा लुटिँदै नेपाली कामदार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १४, काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली कामदार घर र्फकने क्रममा लुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ ।

पछिल्लो घटना दाङको पुरन्धाराका लोकबहादुर घर्तीसहित चार जना भारतीय भूमिमा लुटिएका छन् । सिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् ।

बिँडी खुवाई बेहोस बनाएर ११ हजार भारतीय रुपैयाँ र मोबाइल लुटेको घर्तीले बताएका छन् । नेपाल प्रहरीले नाकामा विशेष निगरानी गरेपछि यसपटक दशै तिहारमा लुटपाटका घटना केही कम भएको दाबी गरेको छ ।

यस वर्ष रुपैडिहाबाट नेपालगञ्जसम्मका बसपार्क, विभिन्न होटलमा सादा पोसाकका  जनशक्ति परिचालन गरेका कारण विगतझै लुटपाटका घटना हुन नपाएको बाँके प्रहरी प्रमुअ एसपी टेकप्रसादा राईले बताए । – दैनिकमा समाचार