Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपछी रेमिट्यान्स धरापमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/b5c1e8ea2715af29d53988f2a9ff17a21477798223.jpg" style="float: left;"><b>कात्तिक १४, काठमाडौं |</b> अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि दीर्घकालमा देश रेमिट्यान्स धराप (रेमिट्यान्स ट्रयाप)मा पर्न सक्छ ।’ वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य मात्रामा आएको गिरावट र पछिल्ला तीन महिनायता रेमिट्यान्स (विप्रेषण) मा देखिएको गिरावटले अर्थ मन्त्रालयले त्यतिबेला गरेको प्रक्षेपणलाई सम्झाउँछ ।<br></p><p>अर्थ मन्त्रालयको सोही रिपोर्टमा भनिएको छ, ‘नेपालको बाह्य क्षेत्र सन्तुलन मूलतः विप्रेषण आय तथा आयातको स्तरमा भर पर्ने गरेको छ । उच्च स्तरको विप्रेषण आप्रवाह भएका र आयातको स्तर ठिकै भएका चालु खाता तथा समग्र शोधान्तर स्थिति सन्तुलनमा रहने अन्यथा घाटामा जाने अवस्था रहेको छ । उच्चस्तरको विप्रेषणबाट तत्कालीन रूपमा अर्थतन्त्रलाई सकारात्मक फाइदा पुगेको भए पनि यसको स्थायित्व र दिगोपनाबारे सदैव प्रश्न उठ्ने सम्भावना रहन्छ ।’</p><p>आर्थिक वर्ष ०७०/७१ र आर्थिक वर्ष ०७१/७२ का पछिल्ला तीन महिनालाई तुलना गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा लगातार गिरावट आएको देखिन्छ । ०७०/७१ को वैशाखमा ५४ हजार १ सय ७३ कामदार वैदेशिक रोजगारीमा गएका थिए भने ०७१/७२ को वैशाखमा ३१ हजार २ सय ७५ कामदार वैदेशिक रोजगारीमा गए । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४२ दशमलव ०८ प्रतिशतले कम हो । – आजको कान्तिपुरमा खबर छापिएको छ ।</p>