कात्तिक १९, काठमाडौं | नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिक तर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं | नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिक तर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।"/>
2026-06-20 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज अधिकांश उडान प्रभावित हुने

कात्तिक १९, काठमाडौं | नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिक तर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।

अति विशिष्ठ (भीभीआईपी) उडानका कारण आन्तरिकतर्फका प्रायजसो उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । पोखरातर्फ भने बिहानका केही उडानबाहेक सबैजसो उडानहरू रद्द हुने भएका छन् ।

काठमाडौं–पोखरा तथा पोखरा–काठमाडौं दैनिक झन्डै ३८ वटा उडान हुँदै आएको छ । मुखर्जी भ्रमणले पोखरा–जोमसोमका केही उडानसमेत प्रभावित हुने छन् ।

काठमाडौंबाट जनकपुर र पोखराबाट काठमाडौं आउने समयमा भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै तर्फका उडानहरू बन्द हुने छन् ।‘शुक्रबारका लागि आन्तरिकतर्फका धेरै उडानहरू प्रभावित हुने भएका छन्, हामीले नियमित उडानहरू कटौती नै गरेका छौं,’ सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले भने । सिम्रिकले शुक्रबार पोखरातर्फका अधिकांश उडान रद्द गरेको थापाले जानकारी दिए ।

काठमाडौं–पोखरा दैनिक सिम्रिक एयरलाइन्सले ६ वटा उडान गर्दै आएको छ । त्यस्तैगरी बुद्ध एयरले ६ वटा र यती एयरलाइन्सले ८ वटा उडान गर्दै आएका छन् । ताराले पोखरा–जोमसोम नियमित उडान गर्दै आएको छ ।

पोखरातर्फको नियमित उडानमा प्रभावित भए पनि काठमाडौंबाट अन्यत्र हुने उडानमा भने खासै धेरै असर नपार्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलअन्तर्गत रहेको आन्तरिक टर्निनलका प्रमुख उत्सव खरेल बताउँछन् । ‘भीभीआईपी उडानमा केही समय मिलाउनु पर्छ, तर धेरै असर नपर्ने गरी काम गरिरहेका छौं,’ खरेलले भने ।

भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार बिहान १०:२० मा जनकपुर जाने कार्यक्रम रहेको छ । त्यस्तैगरी जनकपुरबाट १२:३० मा पोखरा र पोखराबाट ३:४५ मा काठमाडौं आएर पुनः काठमाडौंबाट ५:१५ बजे दिल्ली जाने कार्यक्रम छ । जसका कारण शुक्रबार दिनभरजसो आन्तरिक र बेलुका अन्तरराष्ट्रियतर्फको उडानरअवतरण प्रभावित हुने भएका छन् । – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ