Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एम्बुलेन्स दुरुपयोग भएको भन्दै भन्सार छुट रोक्दै सरकार

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौं । एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ ।

गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको उजुरी प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले एम्बुलेन्स आयात गर्दा लाग्ने भन्सार छुट मिनाहाको सिफारिस बन्द गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य संस्थालाई मात्रै एम्बुलेन्स आयातमा भन्सार छुटको सिफारिस दिइने प्रावधानसहित नयाँ निर्देशिकाको तयारी गरेको उनले बताए । नयाँ निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेपछि मात्रै स्वास्थ्य संस्थालाई पनि भन्सार छुटको सिफारिस दिइने उनले बताए ।

पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्रले दुरुपयोग बढेको भन्दै निर्देशिका संशोधन नगर्दासम्म एम्बुलेन्स आयत गर्दा दिइने भन्सार छुटको सिफारिस रोकेका थिए । -अन्नपूर्ण पोष्ट दैनिक