पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/37cfd6b5446c8b2badf69f660d6bc5d01478656074.jpg" style="float: left;"><b>कात्तिक २४, काठमाडौं ।</b> तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ? तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।<br></p><p>राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ ।</p><p>क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने,यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीको कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ । -नागरिक दैनिक </p>

