कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको"/>
2026-06-18 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के होला भारु प्रतिबन्धको प्रभाव ?, नेपालमा नोट साट्न नपाइने

2016-11-10

कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको रकम बैंकमा जम्मा गर्न सक्नेछन् । तर, भारतबाहिरका देशमा रहेका ती नोट कसरी व्यवस्थापन हुने भन्ने अन्योल छ ।

भारत सरकारको निर्णयको असर खुला सिमाना रहेको नेपाली बजारमा प्रत्यक्ष देखिन थालेको छ । आफूसँग भएको पैसा कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता नेपालीलाई परेको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि अहिलेसम्म यसबारे केही बताएको छैन ।

नेपालमा नोट साट्न नपाइने

नेपाल राष्ट्र बैंकले भारतमा नचल्ने घोषणा गरिएका नोट नसाट्न बैंक तथा वित्तीय संस्थालाई बुधबार परिपत्र गरेको छ । 

पत्रमा भनिएको छ, ‘नेपालमा भारु पाँच सय र एक हजार दरका नोटहरू खरिद–बिक्री तथा सटही नगर्नू–नगराउनू ।’ राष्ट्र बैंकको परिपत्रसँगै ‘डेनोमिनेसन’का भारु सटही रोकिएको छ । 

यसअघि सरकारले नेपाली र भारतीय नागरिकले भारु पाँच सय तथा एक हजार दरका नोट प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल भित्राउन तथा नेपालबाट बाहिर लैजान पाउने व्यवस्था गरेको थियो ।

अहिले केही भन्न सक्दैनौँ : राष्ट्र बैंक

भारु पाँच सय र हजारका नोट नेपालबाट संकलन गर्ने विषयमा अहिले नै केही भन्न नसकिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘भारतले अहिलेसम्म यो विषयमा हामीलाई केही भनेको छैन,’ सिवाकोटीले भने, ‘नेपाल राष्ट्र बैंकले अहिले नै कसैसँग पैसा लिएर जोखिम लिँदैन ।’ 

नेपाली बजारबाट यी दुई दरका नोट फिर्ता कसरी लैजाने भन्ने विषय दुवै देशका केन्द्रीय बैंकले नै टुंगो लगाउने छन् । कहिलेबाट प्रक्रिया सुरु हुन्छ भन्ने अनिश्चित छ । 

‘वैध रूपमा भएका कारोबारबाट प्राप्त भएको पैसा फिर्ता हुन सक्छ, तर त्यो कहिलेबाट सुरु हुन्छ भन्ने कुनै टुंगो छैन,’ सिवाकोटीले भने, ‘भारतीय रुपैयाँ आर्जनको वैध स्रोत नखुलेको पैसाको जिम्मा हामीले लिन सक्दैनौँ । कसरी पैसा पाएको हो, त्यसको प्रमाण खुल्नुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु