पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २५, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ ।

यही बेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाह छैन । गृह मन्त्रालयका अनुसार तराईका २० जिल्लामा यस्तो नागरिकता लिनेको संख्या बढिरहेको छ ।

नयाँ संविधान जारी भएयता दैनिक सरदर १९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिइरहेका आजको नागरिक दैनिकमा समाचार छ ।

०७२ असोजदेखि ०७३ वैशाखसम्म वैवाहिक अंगीकृत नागरिकता लिनेको अभिलेखअनुसार संविधान जारी भएको ८ महिनामा तराईका २० जिल्लाबाट ४ हजार ५ लसय ६३ ले वैवाहिक अंगीकृत नागरिकता लिइसकेका छन् ।

मन्त्रालयको रेकर्डअनुसार रुपन्देहीबाट सबैभन्दा बढीले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।