Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २६, काठमाडौं । बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए पनि जनतासँग भएको रकम के गर्ने भन्ने विषय छलफलमै आउन सकेको छैन ।

‘बैंकिङ प्रणालीमा रहेको भारु व्यवस्थापनका लागि भारतीय रिजर्व बैंक (आरबिआई) सँग अनुरोध गरिएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘वित्तीय संस्थाभन्दा बाहिर रहेका नोटको व्यवस्थापन कसरी गर्ने भन्ने अझै टुंगो लागेको छैन ।’

भारतले यी दुई दरका नोटमाथि प्रतिबन्ध लगाएको तीन दिन बित्दा पनि नेपाली जनतासँग भएको पैसा व्यवस्थापन कसरी गर्ने भन्ने कुनै टुंगो लाग्न नसकेको हो । नेपालका बैंक तथा वित्तीय संस्थासँग यी दुई दरका तीन करोड ३६ लाख भारु छ ।

त्यसबाहेक जनतासँग भएको रकमको अहिलेसम्म कुनै टुंगो लागेको छैन । ‘बैंकसँग भन्दा जनतासग भारु धेरै छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘वित्तीय प्रणालीमा भएको भारु त साटिन्छ ,तर हामीलाई समस्या भनेकै त्यही रकमको व्यवस्थापन गर्नु हुनेछ ।’

भारतीय बजारमा प्रतिबन्ध लागेकै भोलिपल्ट अर्थात बुधबारबाट नेपाल राष्ट्र बैंकले यी दुई दरका नोट नलिन बैंकलाई निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कारोबार रोकिसकेका छन् ।

‘जनतासँग रहेको २५ हजार रुपैयाँसम्म साटिदिन त अनुरोध गरेका छौं, तर उनीहरुको केही जवाफ आएको छैन,’ ढुंगानाले भने, ‘भारतीय रिजर्ब बैंकसँग पनि कुरा भएको छ, तर उनीहरु एक्लैको निर्णयले नहुने भएकाले केही प्रतिक्रिया आएको छैन ।’ -नयाँ पत्रिका दैनिक