Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विश्वकपका लागि रंगशाला बनाउनेक्रममा कतारमा नेपालीको मृत्यु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २७, काठमाडौँ । कतारमा निर्माणधीन विश्वकपको अल वक्रा रंगशाला बनाउनेक्रममा २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको छ ।

रंगशाला निर्माणको जिम्मा पाएका कम्पनीले पासमानको २२ अक्टोबर आइतवार घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको हो । कतारमा निर्माणाधीन रंगशाला बनाउनेमा मृत्यु हुने पासवान पहिलो नेपाली कामदार हुन् ।

वक्रा रंगशाला बनाउने जिम्मा पाएको मिडम्याक, पिओआरआर र सिक्स कन्स्ट्रक्टद्वारा जारी विज्ञप्ती अनुसार पासवानको भारी ट्रकले ठक्कर दिंदा मृत्यु भएको हो । उनको मृत्यु भएपछि छानबिनको लागि रंगशालाको निर्माण काम रोकिएको थियो ।

कतारमा निर्माणाधीन रंगशाला बनाउनेमा मृत्यु हुने पासवान पहिलो नेपाली कामदार हुन् ।

पासवान निर्माणाधीन साइट भन्दा बाहिर क्षेत्रको ड्राइभर भएको दाबी गरेको छ । रंगशालामा कार्यरत कामदारको स्वास्थ्य तथा सुरक्षाको लागि मुख्य ठेकेदार कम्पनीले जिम्मा लिएको छ ।

ती कम्पनीहरुले फेरि यस्तो दुर्घटना हुन नदिन थप सचेतता अपनाएको विज्ञप्तीमा उल्लेख छ । -कान्तिपुर दैनिक