Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चीसँगको पारवहन ‘प्रोटोकल’ मस्यौदामा सहमति

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ४, काठमाडौं | नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल चीन सहसचिवस्तरीय बैठकमा पारवहन सम्झौताअनुसार तयार हुनपर्ने प्रोटोकलको प्रारम्भिक मस्यौदामा सहमति जुटेको ल्हासाका लागि नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए।

पारवहन सम्झौता कार्यान्वयनका लागि नेपाल र चीनबीच बिहीबार र शुक्रबार छलफल भएको थियो । छलफल सकारात्मक रहेको कार्कीले बताए । पारवहन सम्झौताअनुसार नेपालले चीनको कुन समुद्री बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न पाउने भन्नेबारेमा ठोस छलफल नभएको कार्कीले बताए ।

पूर्ववर्ती केपी ओली सरकारका पालामा चीसँग पारवहन सम्झौताको प्रोटोकलको प्रारम्भिक फ्रेमवर्क मस्यौदा चीन र नेपालबीच पहिलो चरणमा आदानप्रदान भएको थियो ।

उक्त प्रोटोकलअनुसार नेपालले कुन समुद्री मार्ग उपयोग गर्ने भन्ने विषयमा नेपालले वार्तामा ठोस धारण राख्न नसकेको सहभागीले बताए । – अन्नपूर्ण