पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/6c14a982867a1904a9c98183806b79951479608350.png" style="width: 440px; float: left;">मंसिर ५, काठमाडौं | अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ। आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने प्राधिकरणको योजना छ।<br></p><p>भारतबाट हाल शनिबार साँझसम्म २४८ मेगावाट बिजुली आयता भइरहेको छ। भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ। नेपाल र भारतका ऊर्जा अधिकारीहरूबीच शनिबार भारतमा सम्पन्न सहमति अनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाट अर्को चालिस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैयाँ कुसाहाबाट ५०-५० गरी थप दुई सय ५० मेगावाट बिजुली दिन भारत तयार भएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।</p><p>बैठकमा सहभागी नेपाली पक्षका सदस्य एवम् विद्युत प्राधिकरणका विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार टनकपुरबाट तत्काल चौविसै घन्टा तीस मेगावाट बिजुली ल्याउन दुबै देश सहमति भएका छन्। </p>

