मंसिर १२, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार क"/>
2026-06-20 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् – संशोधबारे प्रचण्डका ५ कुरा

मंसिर १२, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार कांग्रेस र मधेसी मोर्चासमेतले दह्रो समर्थन नजनाए प्रस्ताव दर्ता गरेर जोखिम नमोल्ने उसको निष्कर्ष छ । 

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी पोलिटब्युरो बैठकमा राजनीतिक रूपमा लाभ हुने गरी मात्र सरकारले संशोधन प्रस्ताव अगाडि बढाउने बताएका छन् । प्रमुख प्रतिपक्षी एमाले विपक्षमा उभिएकाले संशोधन प्रस्ताव अगाडि बढाउन कांग्रेस र मोर्चाको सहमति अनिवार्य भएको उनको भनाइ छ ।

१) कांग्रेस र मोर्चा पनि एक ठाउँ आएपछि मात्र संशोधन दर्ता संविधान संशोधनमा माओवादीले राजनीतिक रूपले फाइदा हुने गरी सोच्नुपर्ने हुन्छ । कांग्रेस हामीले संशोधन प्रस्ताव दर्ता गर्दा विरोधमा आएमा हामीलाई सरकारमा बस्न नैतिकताले दिँदैन । मधेसी मोर्चा पनि विरोधमा आइरहँदा संशोधनकै एजेन्डामा सरकार गठन भएकाले बसिरहनु पनि कमजोर हुन जान्छ । त्यसो हुँदा संविधान संशोधन अगाडि कम्तीमा पनि कांग्रेस र मधेसी मोर्चासम्म दुवै पक्षलाई प्रस्तावको समर्थन गर्ने ठाउँमा ल्याउने वातावरण बनाएर मात्र संशोधन दर्ता गर्नुपर्छ ।

२) माओवादीले मात्र जोखिम उठाइरहनुपर्छ भन्ने हुँदैन प्रदेशका बारेमा माओवादीले संविधान घोषणा गर्दा नै नोट अफ डिसेन्ट लेखेको थियो । त्यतिवेला पार्टीले दर्ता गरेको १० प्रदेशको प्रस्तावमा नै अडिग रहेर अहिलेको सीमांकन हेरफेरका विषयमा फरक प्रस्ताव नै दर्ता गरेर जानुपर्छ । त्यसो गर्दा एउटा १० प्रदेशको प्रस्ताव माओवादीका तर्फबाट पेस गर्ने गरी सोच्नुपर्छ । दोस्रो, हामीले संशोधन प्रस्ताव दर्ता गरेपछि सकभर सहमति वा दुईतिहाइले पारित हुनुपर्छ । त्यसो हुन नसके संशोधन प्रस्ताव दर्ता नगर्न पनि सक्छौँ । माओवादीले मात्र जोखिम उठाइरहनुपर्छ भन्ने हुँदैन ।

३) संशोधनसहित चुनावी वातावरण बनाएर उपलब्धि संस्थागत माओवादीको अहिलेको राजनीतिक लाइन भनेको असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याई संविधान संशोधन गरेरै संविधान कार्यान्वयनको दिशामा जानुपर्छ भन्ने हुनुपर्छ । संविधान संशोधन गरेर चुनावी वातावरण बनाएर गए मात्रै हामीले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सक्छौँ । यसरी जाँदा नै संविधान कार्यान्वयन पनि हुन्छ ।

४) ठूला पार्टीमै संविधान भाँडमा जाओस् भन्ने छ माओवादीबाहेक अन्य ठूला भनिएका पार्टीलाई अहिलेको संविधान भाँडमा गए जाओस् भन्ने छ । संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक र समावेशीजस्ता विषय समेटिएका छन् । अन्य दलका एजेन्डा यी होइनन्, त्यसकारण पनि उनीहरूलाई यस विषयसँग सरोकार छैन । तर, माओवादीका लागि आफैँले उठाएका यी एजेन्डा कार्यान्वयन गरेर जानुपर्ने बाध्यात्मक अवस्था छ । अहिले माओवादीको जोड भनेको संविधान संशोधन गरेरै चुनावमा गई संविधान कार्यान्वयन हो ।

५) प्रतिगामी षड्यन्त्रमा लागेका छन् संविधान कार्यान्वयन हुन नदिन र भाँडभैलोमा पारेर फेरि पनि पुरानै अवस्थामा मुलुकलाई फर्काउने षड्यन्त्र पनि भित्रभित्रै भइरहेको छ । त्यसैका लागि पूर्वराजादेखि कतिपय प्रतिगामीहरू दिल्ली, बेइजिङ र सिंगापुर धाइरहेका छन् । उनीहरू जहाँसुकै धाए पनि र जेजस्तो षड्यन्त्रमा लागे पनि हामीले त्यसलाई चिरेर संविधान कार्यान्वयन गरेर जानुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ