Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मातृका यादवले प्रचण्ड र बादललाई पठाए यस्तो पत्र !

By kit 3 मिनेट पढाइ

भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएको छ ।

नेता मातृका यादवले पार्टी एकताका १३ बुँदे सैद्धान्तिक सहमतिबाट पार्टी नेतृत्व पछाडि हट्न खोजेको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन विभाग प्रमुख रामबहादुर थापालाई पत्र पठाई त्यस्तो प्रश्न उठाएका हुन् । उनले २८ साउनमा दुवै नेतालाई त्यस्तो पत्र पठाएका थिए ।

यादवले पार्टी एकता गर्दा सुरुमा एकता प्रक्रियामा सहभागी हुने सबै माओवादी घटकका केन्द्रीय समितिको मात्र आयोजक समिति बनाउने समझदारीलाई नेतृत्वले तोडेर सांगठनिक सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा र बादललाई पार्टी कार्यालय पेरिसडाँडामा भेटेर मातृकाले पत्र बुझाएका हुन् ।

यादवले एकता प्रक्रियाका नाममा सबै घटक समूहलाई समेटेर भद्रगोल आयोजक समिति बनाउँदासमेत आफ्नो पक्षलाई बेवास्ता गरिएको आरोप लगाए ।-नयाँ पत्रिका दैनिक