२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले, आज दुई बजे राजीनामा दिँदै

२०७९, २१ चैत्र मंगलवार ०७:५५

चैत २१, काठमाडौँ | मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । उनीहरुले मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज दुई बजे राजीनामा दिँदैछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेको हुनाले आफूहरू सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं भौतिक मन्त्री सरोज यादवले बताए। 

यादवले भने -'एमाले पार्टीले पनि तपाईहरु जस्तो सहज हुन्छ त्यस्तो निर्णय लिनुस् पहिला नै भनि सकेको थियो, हामी छलफलमै थियौँ, त्यही बीचमा मुख्यमन्त्रीज्यूले पनि सहजता बनाई दिन आग्रह गर्नुभयो, हामीले सरकार छाड्ने निर्णयमा पुग्यौँ आज दुई बजे राजीनामा दिँदैछौं ।’

यसअघि एमालेसहितको गठबन्धनले केन्द्रसहित सबै प्रदेशमा सरकार बनाएको थियो । कांग्रेससँग गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारमा रहेका एमालेका मुख्यमन्त्री र मन्त्रीहरू धमाधम सरकार छाड्दै छन् । मधेस प्रदेशमा एमालेले सरकार छाडेपछि कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै