२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन विमानस्थलमा ट्याक्सी चालक आन्दोलित

२०७९, २१ चैत्र मंगलवार ०७:४२

चैत २१, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका छन् । विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् । यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् । उनीहरुले भाडाका ट्याक्सीहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए । तर माग सम्बोधन नभएको र वार्तामा समेत नबोलाएको भन्दै ट्याक्सी चालकहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै