डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

साझासवाल
1 Min Read

<p><b>असार ४, काठमाडौँ | </b>डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिकामा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।<br></p><p>बझाङ घर भएका २५ वर्षीय कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।</p><p>सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबी आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मनोहर प्रसाद भट्टले जानकारी दिए।</p>

Leave a Comment

Leave a Reply