मोर्चा घोषणापछि विप्लवले भने- राजनीतिको नयाँ मोड सुरुवात भयो, प्रतिगामी शक्तिलाई ठाउँ छैन

साझासवाल
1 Min Read

असार ४, काठमाडौँ | नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन् ।

समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै देशमाथि ठुलो संकट आइरहेको बताए ।

उनले भने, ‘हाम्रा जनतामाथि अत्याचार मच्चिरहेको छ । नागरिकमा छटपटी छ । युवा शक्ति, निराशा र आशाको दोधारमा छ । अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको छ ।’

उनले कुनै पनि हालतमा प्रतिगामी र पश्चगामी शक्तिलाई मौका दिन नहुने बताए। चार दलको लामो प्रयासपछि आजको अवस्थामा आइपुगेको बताए ।

Leave a Comment

Leave a Reply