Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीलाई सङ्केत गर्दै माधव नेपालले भने– तर्साउन र घुर्क्याउन मोर्चा बनाएका होइनौँ

२०८०, ४ असार सोमबार १२:१९

असार ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताएका छन् ।  सोमबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाबाट कोही आत्तिनु नपर्ने बताए । 

‘हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । मैले सुनिरहेको छु–केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ । यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न’, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै भने, ‘कसैलाई तर्साउन र मुकाबिला गर्न पनि मोर्चा बनाएको होइन ।’ 

केही दिनअघि एमाले अध्यक्षले मोर्चा घुर्क्याउन र तर्साउन बनाएको भनेर टिप्पणी गरेका थिए । 

उनले सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरेको बताए । ‘कुनै पार्टीलाई घुर्क्याउन, तर्साउन होइन । ढुक्क हुनुस्, जो समाज आमूल परिवर्तनको पक्षमा छैनन् उनीहरू तर्सिन्छन् । अरू ढुक्कले सुते हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।  नेपालले मोर्चा स्वार्थले नबनेको भन्दै  सिद्धान्तहीन र बिचारहीन पनि नभएको बताए ।

‘यसको प्रस्ट उद्देश्य छ । त्यो उद्देश्य प्रतिगमन र यथास्थितिकाविरुद्ध परिवर्तनका  लागि एकताबद्ध हुने, सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरुलाई हामी एकताबद्ध बनाएर लान चाहान्छौं’, नेपालले भने, ‘देशभक्त शक्तिलाई हातेमालो र एकताबद्ध गर्न चाहन्छौ । अध्यक्ष नेपालले लामो समयअघि नै मोर्चा निर्माण गर्ने सोच बनाए पनि निर्वाचन लगायतका कारणले ढिलो हुन पुगेको बताए । उनले विप्लवले आयोजना गरेको पार्टी स्थापनाबाट आफू प्रभावित भएको भन्दै त्यसपछि उनीसहितको शक्तिलाई एकै ठाउँमा गोलबन्द गर्ने प्रयास गरेको बताए । शब्द शब्दमा छलफल गरेर मात्रै मोर्चा गठन गर्न सकिएको भन्दै उनले हाल चार पार्टी मात्रै मोर्चामा भए पनि अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ