२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको अनुभव- एमालेसँग एकता गर्न हतारो गरेछौं, त्यतिबेला पनि मोर्चाबाट जानुपर्थ्यो

२०८०, ४ असार सोमबार १२:३२

असार ४, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चाबाट गएको भए सफल हुने विश्वास व्यक्त गरे ।

प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले कहाँ त्रृटि गर्‍यौं, ऐतिहासिक रुपले समीक्षा गरौं । सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि ? हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ ।’

निश्चित विचार र सिद्धान्तको साथ अघि बढेर सफल भएको उल्लेख गर्दै उनले सिधै पार्टी एकता गरेकाले दुर्घटना भएको बताए ।

प्रचण्डले अब समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता