<p><b>असार ५, विराटनगर ।</b> झापाको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस वापतको रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।<br></p><p>अख्तियार दुरुपयोग अनुुसन्धान आयोग इटहरीस्थित कार्यालयबाट गएको टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।</p><p>सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिएका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।</p>
चार लाख घूससहित ग्रामीण सडक सुधार आयोजना दमकका तीन कर्मचारी पक्राउ
Leave a Comment

