असार ५, बझाङ | बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो ।

पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्याएका थिए । तर उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले बताए ।

उनका अनुसार मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ ।

June 20, 2023
समाज
मन्त्री सवार गाडी दुर्घटना अपडेट : घाइते दुई महिलाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ