<p><b>असार ५, काठमाडौँ |</b> सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।<br></p><p>मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।</p>
सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्रीको निधन
Leave a Comment

