२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा सवारी दुर्घटनापछि जरिवाना तिर्न नसक्दा एक नेपाली ८ वर्षदेखि बन्धक

२०८०, ५ असार मंगलवार १२:२६

असार ५, काठमाडौँ | सवारी दुर्घटनापछि जरिवानावापतको रकम तिर्न नसक्दा साउदी अरेबियामा एक नेपाली ८ वर्षदेखि बन्धक बनेका छन् । सन् २०१६ मा सवारी दुर्घटनापछि नेपाली चालक दुर्गाबहादुर सुनारको गल्ती ठहर्‍याउँदै ६५ हजार साउदी रियाल जरिवाना गरिएको थियो ।

उक्त जरिवाना तिर्न नसकेका उनी विगत ८ वर्षदेखि नेपाल फर्किन पाएका छैनन् । पछिल्लो डेढ वर्षदेखि साउदीस्थित नेपाली महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका छन् ।  दूतावासले आर्थिक सहयोग संकलन गरेर बन्धनमुक्त गराउन पहल थालेको छ । त्यसका लागि आर्थिक सहयोगको लागि अपिल गरेको छ ।

के भएको थियो ?

सन् २०१६ मा साउदी पुगेका सुनारको त्यही वर्ष सवारी दुर्घटनामा परेका थिए । गाडी उनी आफैंले चलाएका थिए । जहाँ तीन वटा सवारी एक आपसमा ठोक्किएका थिए । र अन्य दुई सवारीमा क्षति पुग्नुका साथै दोस्रो पक्षलाई चोटपटक समेत लागेको थियो । त्यसपछि सुनारको गल्ती ठहराउँदै प्राईभेट राईट अन्तर्गत ६५ हजार साउदी रियालको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने फैसला सुनाइएको थियो ।  

उनले चालक अनुमति पत्र विना सवारी चलाएको र त्यो बेला सवारीको बीमा समेत नरहेको अवस्थामा आफ्नै इच्छाले रोजगारदाताको अनुमतिविना सवारी साधन चलाएका थिए । जसले गर्दा रोजगारदातालाई कानूनीरुपमा जरिवाना तिर्नका लागि हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख छ । यद्यपी, महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटक पटक जरिवाना रकम तिरिदिन अनुरोध गरेका थियो । तर, रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताउँदै आएको छ ।

महावाणिज्यदूतावासले पटक पटक साउदी सरकारका विभिन्न निकायहरुसँग अनुरोध गर्दा उनको गल्ती रहेका कारण देखाउँदै जरिवाना मिनाहा हुन नसक्ने जानकारी दिएको छ । महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेको थियो । उक्त क्रममा दोस्रो पक्षले ४५ हजार साउदी रियाल तिरेमा २० हजार रियाल मिनाहा गरिदिने बताएको छ । तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेकाले दूतावासले आर्थिक सहयोगको लागि अपिल गरेको हो ।

उनको उद्धार गरी नेपाल फिर्तीका लागि महावाणिज्यदूतावास साउदी अरेबियामा क्रियाशील विभिन्न संघ–संस्थाहरुसँग सहयोगको अपिल गरेको हो । सहयोग गर्न ईच्छुकहरुले महावाणिज्यदूतावासको ह्वाट्सएप नम्बर ००९६६०५३५१५०४०७ मा सम्पर्क गरी सुनारलाई आर्थिक सहयोग गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन