कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक

साझासवाल
1 Min Read

असार ६, काठमाडौँ | साफ च्याम्पियनसिपको पहिलो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ सार्वजनिक गरिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले कुवेतविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिमका रूपमा सहभागिता जनाउन लागेको कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा हुने खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपाली टिम

किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बू, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनीष डाँगी ।

Leave a Comment

Leave a Reply