2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चर्को लागत अशुली मलेसिया पुर्याईएका १४ नेपालीलाई मलेसिया स्थित कम्पनीद्वारा नेपाल फिर्ता

अनिल अधिकारी । असार ६, काठमाडौँ । ओभरटाइम सहित मासिक दुई हजार २६२ मलेसियन रिंगेट तलब हुने सम्झौतामा मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. कम्पनीमा रोजगारमा गएका युवाहरु सम्झौता अवधि अगावै नेपाल फर्काइएका छन् । नेपाल फर्काइएका १४ जना युवालाई सम्बन्धित कम्पनीले नयाँ सम्झौता अनुसार काम गर्न नमानेपछि कारवाही स्वरूप नेपाल फर्काएको पाइएको छ । 

आठ महिना अघि मलेसिया रोजगारमा पुगेका पीडितहरुलाई बिभिन्न म्यानपावर कम्पनीले धेरै कमाई हुने आस्वासनमा चर्को लागत अशुलेर पठाएको तर गएपछि रोजगारदाता कम्पनीले सुरुमा २०६२ रिंगेट तलब दिने सम्झौतामा अर्को कागजात गराएर त्यसपछि पनि पछिल्लो समय ओभरटाइमको ग्यारेन्टी नगरेपछि नेपालीहरुले बिरोध गरेका थिए । यस क्रममा नेतावाजी गरेको भन्दै १४ जना नेपालीलाई सजायस्वरूप नेपाल फर्काएको पाइएको हो । 

नेपाल फिर्ता गराइएका नेपालीहरुलाई मलेसिया जान समेत ब्याण्ड हुने गरि नेपाल फर्काइएको पीडितहरुले गुनाशो गरेका छन् । नेपाल फर्किएका एक पीडितले साझा सबाल मिडियालाई दुखेसो गर्दै भने ‘हामीले हाम्रो अधिकार मागेको हो । साथै त्यो कम्पनीमा काम गर्ने झन्डै तीन सय नेपाली कामदारले पाउने अधिकार मागेको हो । सबै नेपाली दाजुभाईले त्यो कम्पनीमा जाँदा ३ लाख भन्दा बढी म्यानपावर कम्पनीलाई बुझाएर गएका छन् । तर गएपछि यो र त्यो बहाना बनाएर सम्झौता परिवर्तन गरि श्रमिकमाथि खेलवाड गरिरहेका छन् ।’ पीडित युवाका अनुसार बिभिन्न म्यानपावर कम्पनिले राम्रो कमाई हुने प्रलोभनमा चर्को लागत अशुलेका छन् । अहिले पनि सोहि कम्पनीमा केहि म्यानपावर कम्पनिबाट डिमाण्ड आएको र उस्तै प्रलोभनमा कामदार पठाउने प्रक्रिया कायमै रहेको पीडितहरुले बताएका छन् ।

कम्पनीको कारवाहीमा परि नेपाल फिर्ता भएका पिडीतहरुको विषयलाई लिएर सम्बन्धित म्यानपावर कम्पनीहरुसंग कुरा गर्दा कम्पनीले समस्या खडा गरेको स्वीकारेका छन् । म्यानपावरहरुका अनुसार कम्पनीले सम्झौता अवधि नसकिदै अर्को सम्झौता गर्न खोजेको कारण पीडितहरुले बिरोध गरेका थिए । पीडितहरुले आफ्नो समस्या मलेसिया स्थित नेपाली दुतावासमा समेत राखेका थिए । 

वैदेशिक रोजगारको क्रममा आफूलाई दिने भनि सम्झौता भए अनुसार सेवा सुविधा नदिने मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. ले अरु कामदारलाई उचालेको, नेतागिरी र ग्रुपिङ गरेको भन्दै नेपालीलाई स्वदेश फिर्ता गरेको पीडितहरुको गुनाशो छ । पछिल्लो समय नेपालबाट बिभिन्न म्यानपावर कम्पनीले बिचौलियाहरुबाट डिमाण्ड किनेर ल्याउने र चर्को लागत अशुली गर्न ओभरटाइमको समेत ग्यारेन्टी गरि प्रलोभन देखाई चर्को लागत अशुल्ने प्रवृति बढेको छ । यसरी प्रलोभनमा पारेर पठाइएका कयौं नेपालीहरुले सम्झौता अनुसार काम र तलब नपाएको गुनाशो गर्दै आएका छन् । 

नेपाल सरकारले श्रम स्वीकृति दिए अनुसार बेसिक तलब १५०० भनिए पनि पीडितहरुका अनुसार म्यानपावरले मासिक कम्तिमा ६०/७० हजार कमाई हुने ग्यारेन्टी गरेरनै उक्त कम्पनीमा पठाएको बताएका छन् । पछिल्लो समय कम्पनीले हस्ताक्षर गराउन लगाए अनुसार हुँदा १७/१८०० रिंगेट पनि कमाई हुने अवस्था नरहेको पीडितहरुको गुनाशो छ । सम्बन्धित कम्पनीले कम्पनीले उसको बिरोध गर्दा कारवाही गर्छ भन्ने देखाउन छानी-छानी केहि नेपालीलाई नेपाल पठाएको र त्यहाँ कार्यरत अरु नेपालीलाई अधिकारको लागि बोल्न दवाउने काम गरेको पीडितहरुले बताएका छन् । उनिहरुका अनुसार आफूहरुले बिरोध गरेको कारण उक्त कम्पनीले अरु नेपालीहरुलाई पछिल्लो सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएको छैन । 

नेपाल फर्काइएका १४ जना नेपाली युवाहरु मंगलबार वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका थिए । बिभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मेलमिलाप केन्द्रमा पठाएर समस्या समाधानको प्रयास गर्न र मेलमिलाप नभए बिभागको उजुरी प्रक्रियामा आउन सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन