असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहसँग राम्रो सम्बन्ध रहेको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हर्क र बालेनलाई जोड्न सके राम्रो हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हाम्रो चाहना छँदैछ । त्यो चाहनाअनुरुप उहाँहरुले पनि सोचिदिनुभयो भने हामी सय प्रतिशत सकारात्मक छौं । सम्बन्धका हिसाबमा पनि हाम्रो सौहार्दपूर्ण छ । उहाँको कामको निरन्तर रुपमा प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु । त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो भने हुन सक्यो भने हाम्रो लागि चाहिँ खुशीको कुरा हो ।’

लामिछानेले कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्ने बताए । अहिले संगठन विस्तारका धेरै काम भएकाले त्यतै केन्द्रित रहेको बताए ।

हर्क र बालेनसँग सौहार्दपूर्ण सम्बन्ध छ, हामीसँग जोडिए खुशी हुन्छौं : रवि लामिछाने
Leave a Comment