<p><b>असार ७, धनुषा | </b>धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।<br></p><p>घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्याएका थिए ।</p><p>तर त्यहाँ उपचार सम्भव नभएपछि सिरहाकै फुलकुमारी मेमेरियल हस्पिटलमा लगिएको थियो । तर बालिकाको ज्यान जोगिन नसकेको परिवारका सदस्यले जानकारी दिएका छन् ।</p>
धनुषामा सर्पको टोकाइबाट ५ वर्षीया बालिकाको मृत्यु
Leave a Comment

