२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साराङ्कोटमा सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गर्न सिफारिस गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८०, ७ असार बिहीबार ११:००

असार ७, काठमाडौँ | कास्कीस्थित साराङ्कोटमा सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गर्न सहयोग गरेको  आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो । 

पोखरा महानगर–१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। 

मुद्दा दायर गरिएकासँग जनही एक करोड ५० लाख रुपैयाँ बिगो माग गरिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए । 

दाहालका अनुसार कानुनले नदिएको अधिकार प्रयोग गरी तत्कालीन साराङ्कोट गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतले बाटो सार्वजनिक जग्गाबाट बाटो खोल्न अधिकार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता