2026-09-27 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टाइटानिक जहाज जहाँ डुब्यो, त्यस आसपासका पानी यति खतरनाक किन छ ? चार कारण

असार ७, काठमाडौँ | एट्लान्टिक महासागरमा जुन ठाउँमा टाइटानिक जहाज डुबेको थियो, त्यस आसपासका जल क्षेत्र असाध्यै खतरनाक मानिन्छ । यसको पहिलो कारण, त्यहाँको अँध्यारो दुनियाँ हो । टाइटानिकको भग्नावशेष एट्लान्टिक महासागरमा चार किलोमिटर तल रहेको छ ।

यस क्षेत्रलाई ‘मिडनाइट जोन’ भनिन्छ । यहाँसम्म कि सूर्यको किरणसमेत त्यहाँ पुग्न पाउँदैन ।  पनडुब्बीको प्रकाश केही मिटरसम्म मात्रै सीमित हुन्छ । यस्तोमा ध्यान भड्किनु असाध्यै सजिलो छ । 

टाइटानिक विशेषज्ञ टिम म्याटलिन भन्छन्, ‘यहाँ असाध्यै अँध्यारो छ र भीषण चिसो पानी छ । समुद्रको सतह हिलो छ र यो निरन्तर हिँडडुल गरिरहन्छ ।’

उनले भने, ‘तपाईं त्यति बेला कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउनका लागि तपाईंसँग सोनर नामको चिज मात्रै हुन्छ । यहाँसम्म रडारले पनि काम गर्दैन ।’

एट्लान्टिक महासागरको यो क्षेत्र खतरनाक हुनुको एउटा कारण यसको खतरनाक गहिराइ पनि हो । महासागरको सतहमा रहेको दबाब माथिको भन्दा ३९० गुणा बढी छ ।

त्यसैले यहाँसम्म जाने पनडुब्बीको भित्ताहरू निकै बाक्लो हुनुपर्छ । तेस्रो कारण यहाँ पानीको बहाव अर्थात् करेन्ट हो ।

हावा, छालका कारण बलियो करेन्ट बन्छन् र पानीको घनत्वमा पनि अन्तर हुन्छ । 

यसले समुद्रको सतहमा रहेका सामानको स्थान पनि परिवर्तन गर्न सक्छ ।

म्याटलिन भन्छन्, ‘यो एक हिसाबले मून सट जस्तै हो । यो अन्तरिक्षमा जाने अन्तरिक्ष यात्री जस्तै हो ।’

चौथो कारण यहाँ डुबेको जहाज टाइटानिकको भग्नावशेष हो ।

डुबेको सय वर्ष पछि पनि टाइटानिकको भग्नावशेष फुट्न र गल्न जारी छ । यदि कोही यसको निकै नजिक जान्छ भने ठोक्किन सक्छ, अल्झन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह