कमल थापाले भने- बालेनको मुटु ठिक ठाउँमा छ

साझासवाल
1 Min Read

असार ७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमको स्वागत गरेका छन् ।

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएपछि अदालतको आदेश नमान्ने अडान लिएपछि बालेनको मुटु ठिक ठाउँमा रहेको बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘कार्यशैली र अभिव्यक्ति विवादास्पद होलान्। तर,काठमाडौंका मेयर बालेन साहको मुटु ठिक ठाउँमा छ । केही अपवाद बाहेक छोटो समयमा बालेनले गरेका र गर्न खोजेका कार्य सराहनीय छन् ।’

उनले भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मुंतशीरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

Leave a Comment

Leave a Reply