देउवा हुञ्जेल कांग्रेसबाट अरु प्रधानमन्त्री बन्न सक्दैन : शशांक

साझासवाल
1 Min Read

असार ११, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन्।

संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए ।

उनले भने, ‘सभापति देउवा हुञ्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन । मैले पत्रपत्रिकमा हेरेको सम्भवत: कांग्रेस-एमाले मिल्नेजस्तो पनि छ भन्ने सुनेको छु । तर, सत्य कति हो मलाई थाहा छैन । शेरबहादुर दाइसँग कुरा नगरी सत्य थाहा हुँदैन ।

कोइरालाले १५औं महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ ? भन्ने टुंगो लाग्ने बताएका छन् । अबको महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको उनको जिकिर थियो ।

उनले भने, ‘१५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’ सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरूको आग्रहलाई सुन्ने पनि उनले बताए ।

Leave a Comment

Leave a Reply