असार ११, काठमाडौँ | काठमाडौबाट भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्धको जहाजमा समस्या देखेपछि रनवेबाटै फर्काइएको जानकारी दिए।

जहाजको स्मोक (धुँवा) डिटेक्टरमा समस्या देखिएको उनले बताए। समस्या देखिएपछि अर्को जहाजमार्फत यात्रुलाई पठाउने तयारी बुद्धले गरिरहेको उनको भनाई छ। साढे ४ बजे उड्नुपर्ने ८५९ जहाजमा समस्या देखिएपछि फर्काइएको हो । यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको छ । जहाजको प्राविधिक चेकजाँच भने हुन बाँकी छ।

भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या
Leave a Comment