ललिता निवास प्रकरणका फरार आरोपित मीनबहादुर गुरुङ पक्राउ

साझासवाल
1 Min Read

<p><b>असार १२, काठमाडौँ | </b>भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।<br></p><p>ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए । यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।&nbsp;</p><p>२०७७ सालमा विशेष अदालतले व्यवसायी&nbsp; गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो ।&nbsp; मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।</p>

Leave a Comment

Leave a Reply