असार १३, काठमाडौँ | सत्ता गठबन्धनमा सामेल भएको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताए ।

प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् ।
उनले भनेका छन्, ‘देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन ।’
जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने बताए ।
उनले भने, ‘यो संसदको गरिमाको लागि पनि अपरिहार्य छ । डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनविना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ ।’
आफूले बोलेको कुरामा ५/६ जना थप सांसदले मात्रै अडिग रहन हिम्मत गर्ने हो भने यो जनतामारा बजेट पारित हुने नै थिएन ।’
बोल्ने बेलामा एउटा अनि लोभलालचमा त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र अडान नभएका नेता सांसदले गर्दा देशको यो अवस्थामा आएको उनको भनाइ छ ।

बजेटको विपक्षमा भोट हाल्ने जनमतको निर्णय
Leave a Comment