असार २६, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले सात महिनामा सरकारले केही पनि नगरेको बताएका छन् । जनताको आँखामा छारो र हाल्न झुट बोलेको आरोप लगाएका हुन् ।

‘सात महिना त सिद्धियो । यो सरकारले के गर्यो त ? ढाँट्छ, छक्याउँछ । वरतिरको सिन्को परतिर के सार्यो ? केही पनि गरेको छैन राम्रो काम’, उनले भने |

यसैगरी मिटरब्याजीहरूको सम्बन्धमा गृहमन्त्रीले एमालेले विधेयक पारित गर्न नदिएको आरोप लगाएकोप्रति उनी निकै आक्रोसित भए । बैशाख २४ मा ल्याइएको विधेयक असार ५ सम्म पास नगरेर किन ढिलाइ गरिएको भन्दै उनले सरकारमाथि प्रश्न गरे ।

‘यीनीहरु नै हुन, जसले वैशाख २४ गते संसदमा पेस गर्नुपर्ने अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक असार ५ गते पेस गर्छन् । के हेरेर बसे ? यीनीहरु सामन्तको पक्षमा भएका हुनाले त्यो गरेका हुन्’, उनले भने ।

सरकारले कानुन, संविधानको मतलब नराखी खाली जनता छक्याउने काम गरेको उनले बताए ।

यो सरकारले केही गर्दैन, जनताको आँखामा छारो हाल्न र झुट बोल्ने मात्रै : ओली
Leave a Comment